काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड को संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनीकी संस्थापक शेयरधनी उषा अग्रवाल को नाममा रहेको शेयर बिक्रीका लागि खुला गरिएको हो।
अग्रवालको स्वामित्वमा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ। उक्त शेयर खरिदका लागि हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार तोकिएको ३५ दिनभित्र संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बाँकी शेयर अन्य व्यक्ति तथा संस्थाहरूका लागि खुला गरिनेछ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले काठमाडौंको थापाथलीस्थित एनआईसी एशिया क्यापिटल लिमिटेड मा आवेदन दिनुपर्नेछ। आवेदनका क्रममा आफूले खरिद गर्न चाहेको शेयर संख्या र प्रस्तावित मूल्य स्पष्ट रूपमा उल्लेख गरी शिरबन्दी बोलपत्र पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
कम्पनीले प्रक्रिया अनुसार योग्य आवेदकलाई प्राथमिकताका आधारमा शेयर बाँडफाँड गरिने जानकारी दिएको छ।
