काठमाडौं । लक्ष्मी ग्रुप ले वाडा अटो शो २०२६ का अवसरमा विशेष तथा आकर्षक अफरहरूको घोषणा गरेको छ। नेपालमा हुन्डाई, फोर्थिङ र काइयी गाडीहरूको आधिकारिक वितरक रहेको लक्ष्मी ग्रुपले ग्राहकलाई लक्षित गर्दै सीमित अवधिको विशेष योजना ल्याएको हो।
चैत ११ देखि चैत १५ सम्म ताल बाराही चोक, लेकसाइड पोखरामा आयोजना हुने उक्त अटो शोमा नयाँ गाडी खरिद गर्न वा पुरानो गाडी अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि विभिन्न सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
यस विशेष अभियानअन्तर्गत ‘फोर्थिङ फ्राइडे’ अफरमा ग्राहकहरूले ७ लाख रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्नेछन्। प्रिमियम इलेक्ट्रिक एसयुभी फोर्थिङ फ्राइडे ६४.४ किलोवाट आवर क्षमताको ब्याट्रीसहित उपलब्ध रहेको छ, जसले डब्लुएलटीपी मापदण्डअनुसार ४०० किलोमिटरसम्मको रेञ्ज प्रदान गर्दछ। १८५ एमएम ग्राउण्ड क्लियरेन्ससहित यो गाडी उच्च प्रदर्शन, सुरक्षा, आधुनिक प्रविधि र आकर्षक डिजाइनका कारण ईभी सेग्मेन्टमा प्रतिस्पर्धी मानिएको छ।
फोर्थिङसँगै लक्ष्मी ग्रुपले हुन्डाई र काइयी का विभिन्न मोडलहरूमा पनि आकर्षक छुट तथा अफरहरू उपलब्ध गराएको जनाएको छ।
कम्पनीले पोखराबासी तथा अटोप्रेमीहरूलाई आफ्नो स्टलमा उपस्थित भई नयाँ प्रविधि, डिजाइन र अफरहरूको प्रत्यक्ष अनुभव लिन आग्रह गरेको छ। साथै, लक्ष्मी ग्रुपले वातावरणमैत्री र भविष्य उन्मुख यातायात समाधान प्रदान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै ग्राहकको स्वामित्व अनुभवलाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।
