असार १५ भित्र विद्यालय शिक्षा विधेयक २०८० पास हुन्छ – शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’ आगामी असार १५ गतेसम्ममा संघीय संसद्, प्रतिनिधिसभाबाट पास हुने दाबी गर्नुभएको छ ।

प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरूको सहकार्य र समन्वय समूहले आयोजना गरेको ‘प्रारम्भिक बाल विकाससम्बन्धी परामर्श कार्यक्रम’मा मन्त्री पन्तले  विधेयक पारित गर्न तीव्रताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो ।