काभ्रेपलाञ्चोकको रोशी खोलामा केहिबेर अघि बाढी:७ जना व्यक्ति कठिन अवश्थामा

आज शुक्रबार साँझ परेको अविरल बर्षाका कारण रोशी खोलामा आएको बाढीमा ७ जना व्यक्तिहरू फसेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै ७ जना व्यक्तिहरु फसेको र उद्धारको प्रयास भइरहेको छ ।

प्रहरीका अनुसार एउटा गाडी बगाएको छ । ‘त्यो गाडी बगाउन लागेपछि यात्रुहरू झरेर ठूलो ढुङ्गामा चढेर बस्नुभको छ । अध्यारो र पानी परिरहेको कारण उद्धारमा केही कठिनाइ भएको छ,’ एसपी शाहले भने ।

अहिले प्रहरी चौकी भकुण्डेका इन्चार्ज गणेश श्रेष्ठको टोली घटनास्थल पुगेको छ ।

बालेन सरकारी निवास

 

 

 

अनलाइनखबरबाट साभार