गृहमन्त्री सुधन गुरुङले मन्त्रीको कार्यकक्षको सट्टा सिंहदरबारस्थित क्यान्टिन पुगेर खाजा खाएका छन् । सरकारी गाडी प्रयोग नगरेका उनले व्यस्तताका बाबजुद क्यान्टिनमा खाजा खाएको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।
सनग्लास लगाउँदै क्यान्टिन छिरेका उनले खिर र कोकाकोला खाएका थिए । मोबाइलमा व्यस्त उनको दायाँतर्फ निजी सुरक्षा गार्ड र टेबुलको अगाडितर्फ सहयोगी टिमका सदस्य छन् ।
अस्ति सपथ,हिजो बिहान पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक तथा आज बिहान पूर्वमन्त्री दिपक खड्कालाई पक्राउ गर्न उनको दौडधुप निकै देखिन्थ्यो । अस्ति रातभर गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको निवास नक्सालमा बसेर छलफल गरेका उनी प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेलाई पनि भेट्न पुगेको स्रोतको दावी छ ।
हिजो बिहान शनिबार ललितपुर जिल्ला प्रहरी कार्यालय, सातदोबाटो प्रहरी कार्यालयको अवलोकनमा निस्केका उनी मध्यान्ह १२ बजे मन्त्रालय पुगेका थिए ।
जनआस्थाबाट साभार
