लगातार २ दिन घटेको नेप्सेमा आज करिब २० अंकले सुधार

लगातार २ दिन देखि घटेको शेयर बजार परिसूचक नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार १९.७० अंकले बढेर २८५१.०९ बिन्दुमा पुगेको छ।

पहिलो कारोबारमा नेप्से परिसूचक ७१‍.०५ अंकले घटेर २८७९.११ बिन्दुमा पुगेको थियो। भने दोस्रो कारोबारमा ४७ अंकले घटेको थियो।

पहिलो कारोबार र दोस्रो कारोबारमा नेप्से परिसुचक लगभग १ सय १९ अंकले घटेको थियो।

आजको कारोबारमा ३ सय ३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७ सय ७९ कित्ता सेयर १ लाख ३७ हजार ८ सय ८५ पटक किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८ सय ६ रुपैयाँको कारोबार भएको छ।