साताको चौथो कारोबार दिन आज बुधबार नेप्सेमा ७४.७३ अंकको गिरावट आएको छ। आइतबार र सोमबार लगातार ठूलो अंकले घटेको नेप्से मंगलबार भने बढे पनि बुधबार पुन दोहोरो अंकले घटेको हो।
नेप्से आइतबार ७१.०५ तथा सोमबार ४७.७१ अंकले ओरालो लागेको थियो। मंगलबार भने नेप्से १९.७० अंकले बढेको थियो। आज बुधबार पनि नेप्से ७४.७३ अंकले घट्दै २७७६.३६ विन्दुमा अडिएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज २.६२ प्रतिशतले नेप्से ओरालो लागेको हो।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ११.२१ अंकले घटेर ४७३।६३ विन्दुमा रोकिएको छ। यस्तै फ्लोट इन्डेक्स २.६२ प्रतिशतले घट्दा सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ४.०२ प्रतिशतले घट्यो।
शेयर बजारमा बुधबार ३४७ कम्पनीको एक लाख २३ हजार ७३० पटकको कारोबारमा तीन करोड दुई लाख ९२ हजार ४५२ कित्ता शेयर किनबेच भए। जसअनुसार बुधबार १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ रुपैयाँको कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
