नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक आज साताको तेस्रो कारोबारमा २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.१६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ प्रतिशतल, भने फ्लोट इण्डेक्स ०.२० प्रतिशतल घटेको छ।
आजको कारोबारमा ३ सय ४५ कम्पनीको १ करोड ४० लाख ६६ हजार १६ कित्ता शेयर ८१ हजार ५ सय ८२ पटक किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ।
आइतबार १०५ अंकले घटेको बजार सोमबार ८३.३३ अंकले बढेर २ हजार ७६० दशमलव ०२ बिन्दुमा पुगेको थियो।
आजको कारोबारमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ भने आँखु खोला जलविद्युत कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ।
बैंकिङ, हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८८ प्रतिशत घटेको छ।
