प्रभु ग्राहकलाई लजमा विशेष छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरास्थित फिस टेल लज तथा अन्रपूर्ण जगतपुर लज प्रालिबीच विशेष छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

चैत २५ गते सम्पन्न कार्यक्रममा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर दिपेन्द्र बाबु बिष्ट तथा फिस टेल लज पोखरा र अन्रपूर्ण जगतपुर लज प्रालिका बिक्री तथा मार्केटिङ क्लस्टर निर्देशक सनीस महर्जनले समझदारीपत्रमा हस्ताक्षर गर्दै एकअर्कालाई दस्तावेज हस्तान्तरण गरेका हुन् ।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले लजका सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्नेछन् । उक्त छुट लिनका लागि बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड वा अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसअन्तर्गत फिस टेल लज पोखरा र अन्रपूर्ण जगतपुर लज प्रालिबाट उपलब्ध आवास सेवामा संस्थागत विशेष छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।

प्रभु बैंकले हाल देशभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले गुणस्तरीय बैंकिङ तथा वित्तीय सेवा विस्तार गर्दै आएको जनाएको छ ।