सुन–चाँदी मूल्यमा गिरावट

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ हजार ३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार सुनको मूल्य २ लाख ९९ हजार रुपैयाँ रहेको थियो। एकै दिनमा उल्लेख्य गिरावट आएपछि सुन बजारमा समायोजनको अवस्था देखिएको व्यवसायीहरूले बताएका छन्।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ। बुधबार ५ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।