साताको पाँचौं दिन नेप्से उच्च अंकले वृद्धि

साताको पाँचौ कारोबार दिन आज नेप्स परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ बिन्दुमा पुगेको छ।

आज सेन्सेटिभ इण्डेक्स ०.९७ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ प्रतिशत र फ्लोट इण्डेक्स १.०३ प्रतिशतल बढेको छ।

आजको कारोबारमा ३ सय ३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७ सय ७० कित्ता शेयर १ लाख ८८ हजार ८ सय ६९ पटक किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २ सय ६९ रुपैयाँको कारोबार भएको छ।

आइतबार १०५ अंकले घटेको शेयर बजार सोमबार ८३।३३ अंकले बढेको थियो भने मंगलबार २ अंकले घटेको थियो। हिजो अर्थात बुधबार ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा पुगेको छ।

आजको कारोबारमा भुजुङ हाइड्रोपावर लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिज लाइन इनर्जी लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेड,सुपर खुदी हाइड्रोपावर लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ।