काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
शुक्रवार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ । शुक्रवार प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ४ हजार ९७५ रुपैयाँ पुगेको छ ।
