स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.९१ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ प्रतिशत फ्लोट इण्डेक्स ०.९६ प्रतिशतल घटेको छ।
आजको कारोबारमा ३ सय ४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८ सय ८४ कित्ता सेयर १ लाख ११ हजार ६ सय ७ पटक किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार ८ सय ८ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ मिल्सको कम्पनीको ६१ करोड ८० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक १.९८ प्रतिशत घटेको छ।
बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटेको छ।
