रास्वपामा प्रवास विभाग नेतृत्व परिवर्तन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरालाई नियुक्त गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले उक्त निर्णय गरेको हो।

पार्टीका अनुसार बोहरालाई प्रवास विभाग प्रमुखको जिम्मेवारी प्रदान गर्ने निर्णय बैठकले सर्वसम्मत रूपमा गरेको हो। यसअघि प्रवास विभाग प्रमुख रहेका उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि सो पद रिक्त रहेको थियो।

रिक्त रहेको जिम्मेवारीमा अब बोहरालाई नियुक्त गरिएको र उनले पार्टीको विदेश सम्पर्क तथा प्रवासी नेपालीसँग सम्बन्धित गतिविधिहरूको नेतृत्व गर्ने जनाइएको छ।