साताको पहिलो कारोबार दिन आज नेप्स परिसूचक दोहोरो अंक अर्थात् १३.१७ले घटेर २८२५.२३ बिन्दुमा पुगेको छ।
आज सोमबारको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार ३ सय ७० कित्ता शेयर १ लाख १६ हजार ३ सय १० पटक किनबेच हुँदा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २ सय ७६ रुपैयाँको कारोबार भएको छ।
नेप्सेले आजबाट सुरु गरेको कम्पनीको शेयर १५ प्रतिशतले घटबढ हुने नियम अनुसार सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्टको सेयर १५ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै होटल फरेष्ट इन कम्पनीको ३६ करोड १ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
