काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ । आज सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्य प्रतितोला पाँच हजार १३० रुपैयाँ तोकिएको छ ।
यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला पाँच हजार १६० रुपैयाँ रहेको थियो ।
