फोटोनले चितवन अटो शोमा आकर्षक अफर प्रस्तुत गर्ने

काठमाडौं । एमएडब्लु वृद्धी कमर्शियल भेहिकल्स प्रा.लि., फोटोन नेपालका आधिकारिक वितरक, चितवनमा हुने सीएडिए चितवन अटो शो २०२६ मा विशेष आकर्षक अफरसहित सहभागी हुने भएको छ । कम्पनीले व्यवसायिक मोबिलिटी समाधान प्रस्तुत गर्दै मेलामा बलियो उपस्थिति जनाउने तयारी गरेको हो ।

चितवन एक्स्पो सेन्टर, भरतपुरमा बैशाख १७ देखि २१, २०८३ सम्म आयोजना हुने उक्त अटो शोको हल नं. ०३ (कमर्शियल), स्टल नं. ०३ मा फोटोन नेपालले आफ्ना सवारी साधनहरू प्रदर्शन गर्नेछ ।

यस अवसरमा फोटोनले इभि भ्यान, टीएम१ र पिकअप सेग्मेन्टमा विशेष मेलामै सीमित अफरहरू ल्याउने जनाएको छ । फोटोन हाई रूफ इभी भ्यान (मेला मूल्य रु. ५३,४९,०००) र लो रूफ इभी भ्यान (मेला मूल्य रु. ४८,४९,०००) मा परिवार रिट्रिट प्याकेज, ५५ इन्च एलईडी टिभी, क्यास रिफरल बोनस तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

त्यस्तै, सकोन इभी भ्यान (मेला मूल्य रु. ३९,९९,०००) मा पनि यस्तै सुविधा रहनेछ । सबै इभी मोडेलमा वास्तविक नगद छुट कार्यक्रममै खुलाइने भएकाले ग्राहकहरूका लागि थप उत्साह रहने अपेक्षा गरिएको छ ।

व्यावसायिक प्रयोगका लागि उपयोगी मानिएको फोटोन टीएम१ (मेला मूल्य रु. २८,४९,०००) मा पनि आकर्षक नगद छुट र गिफ्ट ह्याम्पर उपलब्ध हुनेछ । अन्तिम छुट भने मेलास्थलमै घोषणा गरिनेछ ।

फोटोन पिकअपमा भने पहिलो वर्षका लागि शून्य प्रतिशत ब्याजदरको विशेष सुविधा दिइनेछ, जसले व्यवसायी तथा उद्यमीहरूलाई न्यून प्रारम्भिक लागतमा सवारी खरिद गर्न सहयोग गर्नेछ ।

कम्पनीका अनुसार फोटोन ग्राहकहरूलाई देशभर फैलिएको १७१ भन्दा बढी इभी चार्जिङ स्टेशन, १४ भन्दा बढी सर्भिस आउटलेट, वास्तविक स्पेयर पार्ट्स उपलब्धता, सहज वित्तीय सुविधा तथा देशव्यापी सेवा सञ्जालमार्फत दीर्घकालीन विश्वास प्रदान गरिँदै आएको छ ।

एमएडब्लु वृद्धीले चितवन र आसपासका उद्यमी, परिवार तथा व्यवसायीहरूलाई स्टल भ्रमण गरी मेलामै उपलब्ध विशेष मूल्य र अफरहरूको लाभ लिन आग्रह गरेको छ ।

चीनको नम्बर १ कमर्शियल सवारी ब्रान्डका रूपमा परिचित फोटोन नेपालले चितवनको प्रमुख अटो इभेन्टमा भविष्यमुखी मोबिलिटी समाधान प्रस्तुत गर्दै सहभागीहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको छ ।