सरकारले केही समयका लागि परीक्षण गरेको हप्तामा दुई दिन बिदालाई स्थायी रुपमा लैजाने तयारी गरिरहेको छ ।
आज सोमबार मन्त्रालयमा आयोजित काठमाडौं उपत्यकाका महानगरपालिकाका प्रमुखहरू तथा सरकारका उच्च अधिकारीसँगको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सो कुरा बताएका हुन्।
‘स्थायी रूपमै दुई दिन नै सार्वजनिक बिदा दिने विषयमा अध्ययन भइरहेको उनले जानकारी दिए ।
शुल्क निर्धारणका सम्बन्धमा मन्त्री पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरुरी भएको बताए।
सरकारका प्रवक्ता समेत रहेका उनले शुल्क निर्धारण र छात्रवृत्तिको विषयमा मन्त्रालयमा गुनासो आएको भन्दै छात्रवृत्ति वितरण पारदर्र्शी बनाउन आग्रह गरे।
संस्थागत विद्यालयमा शुल्क नियमन, मन्त्रालयमा आएका शुल्क सम्बन्धी गुनासो पालिकामै पठाइदिने संयन्त्र बनाइएको भन्दै आवश्यक सहजीकरणको लागि मन्त्रालय तयार रहेको उनको भनाइ छ।
