नीति कार्यक्रम आजै शेयर बजार पनि ३८ अंकभन्दा धेरैले उकालो

आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आजै साताको पहिलो कारोबार दिन नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३८.१९ अंकले बढेर २७८३.८५ मा पुगेको छ।अघिल्लो कारोबारमा नेप्से २७.४९ अंकले बढेर २७४५.७९ मा पुगेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ३२ कम्पनीको १ करोड ४ लाख ३९ हजार ४ सय ३२ कित्ता शेयर ६८ हजार ४ सय ४४ पटक किनबेच हुँदा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६ सय ३५ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर साढे १४.१९ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको २१ करोड ११ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

आजको कारोबारमा सबै उपसमूहको परिसूचक बढेको छ ।आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.११ प्रतिशत उकालो लागेको छ ।

त्यस्तै बैंकिङ १.०२, विकास बैंक १.३६, फाइनान्स १.८१, होटल तथा पर्यटन ०.६९, हाइड्रोपावर १.७९, लगानी १.२५, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स १.७०, निर्जीवन बीमा १.६० तथा व्यापार १.१५ प्रतिशत बढेको छ।