जनकपुर । नेपालमा दिगो र उच्च–प्रदर्शनयुक्त विद्युतीय सवारी साधन प्रवर्द्धन गर्दै आएको प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड एथर इनर्जी नेपाल ले जनकपुरमा आफ्नो नयाँ ‘एथर अनुभव केन्द्र’ सञ्चालनमा ल्याएको छ। जनकपुरको मिल्स एरियामा सोमबार, २८ वैशाख २०८३ मा दिउँसो १ बजे नितिन ट्रेड लिंकको व्यवस्थापनमा उक्त केन्द्र औपचारिक रूपमा उद्घाटन गरिएको हो।
यो नयाँ केन्द्रसँगै एथर इनर्जी नेपालको देशभरका अनुभव केन्द्रहरूको संख्या १० पुगेको छ। यसमा काठमाडौं उपत्यकाका ५ वटा केन्द्रका साथै पोखरा, चितवन, इटहरी र बुटवलमा रहेका शाखाहरू समावेश छन्। कम्पनीले ग्राहक सेवा विस्तार गर्दै देशभर ९ वटा आधिकारिक सर्भिस सेन्टरमार्फत बिक्रीपछिको सेवा पनि उपलब्ध गराइरहेको छ।
उद्घाटनसँगै कम्पनीले आफ्नो सबै उत्पादनहरू जनकपुर केन्द्रमार्फत प्रदर्शनमा राख्ने जनाएको छ। यहाँ Ather 450 Series र Ather Rizta लगायतका मोडेलहरू अवलोकन, टेस्ट राइड तथा विस्तृत जानकारीका लागि उपलब्ध हुनेछन्। ४५० सिरिजलाई उच्च प्रदर्शन र स्मार्ट प्रविधि खोज्ने प्रयोगकर्ताका लागि डिजाइन गरिएको छ भने रिज्टा परिवारमुखी डिजाइन, फराकिलो सिट र ठूलो स्टोरेज क्षमतासहित सुरक्षित र सहज यात्रा अनुभवका लागि तयार पारिएको हो।
जनकपुर अनुभव केन्द्रमा ग्राहकहरूले स्कुटरहरूको प्रत्यक्ष प्रदर्शन हेर्न, टेस्ट राइड लिन र स्मार्ट फिचरबारे जानकारी प्राप्त गर्न सक्नेछन्। साथै फाइनान्सिङ, एक्सचेन्ज सुविधा र ईभी चार्जिङ सम्बन्धी परामर्श पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।
एथर इनर्जी नेपालले देशभर ४० भन्दा बढी ‘एथर ग्रिड’ फास्ट–चार्जिङ नेटवर्क विस्तार गरिसकेको छ, जसले प्रमुख शहर र राजमार्गहरूमा विद्युतीय सवारीलाई सहज बनाउने लक्ष्य राखेको छ।
यस अवसरमा कम्पनीले सीमित अवधिको विशेष अफर पनि सार्वजनिक गरेको छ। आगामी ४ जेठ २०८३ सम्म लागू हुने यस योजनाअन्तर्गत विस्तारित ब्याट्री वारेन्टी, ० प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा र आकर्षक एक्सचेन्ज भ्यालुएसन प्रदान गरिनेछ।
एथर इनर्जी नेपालले नवीन प्रविधि, दिगो मोबिलिटी र उत्कृष्ट ग्राहक सेवामार्फत नेपालमा विद्युतीय सवारीको भविष्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता दोहोर्याएको छ।
