काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको कारोबार महँगिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ४ सय रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ पुगेको छ। सोमबार यही सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार ६ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
लगातारको मूल्य वृद्धिसँगै सुनचाँदी बजारमा कारोबारी तथा उपभोक्ताको चासो समेत बढेको छ। विशेषगरी विवाह तथा लगानी प्रयोजनका लागि सुन खरिद गर्ने उपभोक्तामाथि मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।
