हकप्रद शेयरमा आज अन्तिम अवसर

काठमाडौँ । हिमालयन पावर पार्टनर लिमिटेडले बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अनुपातमा हकप्रद शेयर जारी गरेको हो ।

कम्पनीले १ कित्ता शेयर बराबर ०.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । यसअनुसार प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता शेयर निष्काशन गरिएको कम्पनीले जनाएको छ, जसको कुल मूल्य ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँ बराबर हुन्छ ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो । त्यसअनुसार चैत ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले तोकेको समयसीमा आज समाप्त हुने भएकाले योग्य शेयरधनीहरूलाई अन्तिम दिनभित्र आवेदन दिन आग्रह गरिएको छ ।