साताको चौथो कारोबार दिन आज बिहीबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १२.३६ अंकले घटेर २७४२.११ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से ३०.०४ अंकले बढेर २७७५.४८ मा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ४८ कम्पनीको ८७ लाख ५५ हजार ५ सय ४५ कित्ता शेयर ४४ हजार ७ सय ४४ पटक किनबेच हुँदा ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३ सय ८४ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै प्रभु बैंक डिबेन्चर २०८७ शेयरमूल्य ६.६२ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको १७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा १ उपसमूहको परिसूचक बढेको छ। १ उपसमूहको स्थिर छ भने ११ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.८६ प्रतिशत घटेको छ।
बैंकिङ ०.५७, विकास बैंक ०.३१, फाइनान्स ०.२१, हाइड्रोपावर ०.६८, लगानी ०.३३, जीवन बीमा ०.१०, उत्पादन तथा प्रशोधन .।३६, माइक्रोफाइनान्स ०.५०, निर्जीवन बीमा ०.४२ तथा अन्य ०.३१ प्रतिशत घटेको छ।
