३ वर्षमा एकफेर आउने पद्मिनी एकादशी व्रत आज

अधिका अर्थात् अधिक महिना जसलाई मलमास पनि भनिन्छ । त्यसै , मासको शुक्ल पक्षको शुक्ल पक्षको एकादशी तिथिमा पद्मिनी एकादशी पर्दछ ।

कर्तव्य अर्जुनको जन्म हिन्दु क्यालेन्डरको १३औँ महिनामा भएको हो, मलमास या अधिमास जेसुकै भए पनि यस अधिक महिना पुरुषोत्तम महिनाका रूपमा मनाइन्छ । शरीर, आत्मा, दिमाग अनि विचारको शुद्धि करणका लागि पद्मिनी एकादशीलाई लिइन्छ, पुरुषोत्तम महिनाको गुरुत्व बल, पवित्रता अनि दैविक शक्तिको प्रभावले यस एकादशी झनै फलिफाप गराउने एकादशीका रूपमा स्थापित छ है ।

यस एकादशीलाई कमला एकादशी पनि भनिन्छ । श्री हरि विष्णुको महिमा गान गरिने यस एकादशीलाई कमला एकादशी पनि भनिन्छ ।

मनमा हरि हुनु अति आवश्यक मानिन्छ, हरि एउटा चेतना हो अनि परमात्माको स्वरूप पनि तसर्थ हरेक मानवले मनमा हरिलाई बसाउन जरुरी रहेको हाम्रो पूर्वीय सनातन संस्कारले आव्हान गर्दछ ।

यो ३ वर्षमा एक पटक आउँछ । त्यसैले पनि महत्वका साथ वर्त बस्ने चलन छ ।