२६ औं विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न

जेठ १३, काठमाडौं नेपाल डेरी एसोसिएसनको आयोजनामा, राष्ट्रिय दुग्ध विकास बोर्ड, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा “दुग्ध क्षेत्रको दिगो विकास: पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारा “महिला कृषकहरुको सम्मान” मूल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक कविता प्रतियोगिता कार्यक्रम काठमाडौं इङ्गलिस स्कुल, नक्सलमा सम्पन्न भएको छ ।

नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षयता र प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष श्री हरि प्रसाद पौडेलज्यूको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य राजन दाहाल, रामभक्त दाहाल, केन्द्रीय दुध उत्पादक संघका कृष्ण प्रसाद सापकोटा, केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमला, मनोज यादव, नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष टिकाराम घिमिरे, केन्द्रीय सहसचिव रमेश सञ्जेल, केन्द्रीय सदस्य अजित बजगाई, नवराज तिमल्सिना, एसोसिएसन बागमतीका उपाध्यक्ष ध्रुव तिवारी, नेपाल कृषि तथा पशुापछीं व्यवसायी संघका सदस्य कुल प्रसाद धमला, काठमाडौं विद्यालयका अध्यक्ष ईश्वर पुडासैनी,प्रधानाध्यपक दिनेश खतिवडा, रोटरी क्लब अफ कपनका अध्यक्ष मन्जु श्रेष्ठ, विद्यालयका शिक्षकशिक्षिका, एसोसिएसनका पूर्व केन्द्रीय पदाधिकारी एवं सदस्य प्रतिनिधि लगायत सरोकारवाला संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थित रहको थियो।

उद्घाटन समारोहमा काठमाडै इङ्गलिस स्कुलका प्रधानाध्यापक दिनेश खतिवडाले स्वागत मन्तव्य राख्दै दुधको महत्व बारे बिल्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा आयोजना बारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले भने, “एसोसिएसन विगत केही वर्ष देखि निरन्तर दुघ तथा दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यवासायिककरणमा क्रियाशिल रहेको र मौलिक उत्पादन मोहीको प्रवर्द्धन र सम्वर्द्धनका लागि परेको र विद्यालय पाठयक्रममा किसान र कृषि पेशाका सम्बन्धमा चित्रण गरिएका विषयबस्तुले कृषक र कृषि पेशाको अवमूल्यन भएको कुरा बताउदैं आगामी दिनमा उक्त विषयका बारेमा विषयबस्तु परिमार्जनका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षणा गराउनु भयो । काठमाडौं स्कुलका अध्यक्ष ईश्वर पुडासैनीले डेरी एसोसिएसनले चलाएको मोही अभियानको विषय उठान गर्दै अत्यन्तै राम्रो भनी धन्यवाद दिनुको साथै कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुमा सदैव सकारात्मक सोचको आवश्यकता रहेकोले निरन्तर यस्ता कार्यक्रम आयोजना गरि बालबालिकाका सृजनालाई निरन्तर परिष्कृत रुपमा अगाडी बढाउन सबैलाई आग्रह गरे।

कार्यक्रममा बोल्नु हुँद कार्यक्रमका प्रमुख अतिथि प्रदेश दुग्ध विकास बोर्ड, बागमती प्रदेशका उपाध्यक्ष श्री हरि प्रसाद पौडेले दुध पूर्ण पौष्टिक आहार भएकोले यसको सेवन सबैमा अनिवार्य रहेको छ। विद्यार्थी बालबालिकाहरुका लागि अत्यन्तै श्रेस्यकर रहेकोले नियमित दूध तथा दुग्धजन्य पदार्यको उपभोग गर्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले भन्नु भयो; “ग्रामिण अर्थतन्त्रका विकास र समृद्धिका लागि नेपाल जस्तो कृषिप्रधान देशमा कृषि तथा व्यवसायिक पशुपालन नै दिगो आर्थिक विकासको आधार रहेकोले यस क्षेत्रको परिवर्तन र विकासमा सधैं आफु लागि पर्ने र नयाँ युवापुस्ता पनि आधुनिक कृषि क्षेत्रको विकासमा सरिक हुनु पर्ने” बताए । साथै कविता मार्फत् दुध तथा दुग्धपदार्थको बारेमा विद्यार्थीद्धारा प्रस्तुत कविताले यस क्षेत्रमा महिला कृषकहरुको योगदानका बारेमा गरिएको चर्चा प्रशंसानियमा खुशी व्यक्त गरे ।

कविता प्रतियोगितामा उपत्यकाका १४ वटा विद्यालयमा २६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो। कविता प्रतियोगितामा सहभागी प्रतिस्पर्धी विद्यार्थी मध्ये काठमाडौं विद्यालय कपनका छात्रा सुकृती कोइरालाले प्रस्तुत कविता उत्कृष्ट प्रथम कविता वाचकको रुपमा विजयी भएकी थिइन् । प्रतियोगितामा क्रमश ईन्टरनेशनल जोसेफ पव्लिक स्कुल महाँकाल, शान्तिनगरकी छात्रा भावना बराल द्धिति, हेम्स स्कुल रातोपुलका छात्रा जेनिश न्यौपाने तृतीय तथा युनिभर्सल माध्यमिक विद्यालय धुम्बाराहीका छात्रा सुप्रिया गुरुङ्ग र काठमाडौं इङलिस स्कुल नक्सालकी छात्रा श्रुति राईले सान्त्वना पुरस्कार प्राप्त गरेकी थिएइन । कार्यक्रममा आयोजक एसोसिएसनले विजेतालाई नगद, प्रमाणपत्र, शिल्ड, मेडल र दुध तथा दुग्धजन्य सामाग्री पुरस्कारको स्वरुप प्रदान गरिएको थियो ।

नेपाल डेरी एसोसिएसनका सात वटै प्रदेश, २५ वटा जिल्लालाई केन्द्रले विभिन्न कार्यक्रम गरी विश्व दुध दिवस मनाउन निर्देशन समेत गरिसकेको कुरा एसोसिएसनका उपाध्यक्ष मनोज कुमार यादवले भने जेठ १४ गते बिहिबार काभ्रेको नालामा स्थानिय तहसँगको सहकार्यमा असल दुध अभ्यास कार्यक्रम आयोजना गरिने कुरा सहसचिव रमेश सञ्जेलले बताए । प्रत्येक वर्ष जुन १ मा आयोजना गरिने मुल समारोह यस वर्ष राष्ट्रिय दुग्ध विकास बोर्ड एवं विभिन्न सरोकारवाला निकायहरुको सहकार्यमा ललितपुर स्थित बोर्डको सभा हलमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय गीता चौधरीज्यूको प्रमुख अतिथ्यितामा सम्पन्न हुने कुरा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य राजन दाहालले बताए ।

कार्यक्रमको समुद्घाटनमा विद्यालयका साना नानी बाबुहरुलाई कार्यक्रमका अध्यक्ष, प्रमुख अतिथि, विशेष अतिथिहरुले संयुक्तरुपमा दुधपान गराई कार्यक्रमको समुद्घाटन गरिएको थियो । कार्यक्रममा एसोसिएसनले उपस्थित सबैलाई दुध तथा दुग्धजन्य पदार्थ सेवन गराउदैं उपस्थित अतिथिहरुलाई मायाको चिनो स्वरुप हिमालयन डेरी एण्ड एग्रोभेट रिसर्च सेन्टर काभ्रे, सुर्योदय डेरी उद्योग विराटनगर र ओखलढुंगे डेरी उद्योग भक्तपुरद्वारा उत्पादित दुध तथा दुग्धजन्य पदार्थ वितरण गरिएको थियो ।

कविता प्रतियोगिता मूल्याङ्कनका लागि निणार्यक मण्डल समिति सदस्यमा त्रिभुवन विश्वविद्यालयका उप- प्राध्यापक उषा आचार्य र साबित्रा पाण्डे रहेका थिए भने कार्यक्रम सञ्चालन नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका सचिव श्याम प्रसाद घिमिरे गरेका थिए ।

नेपाल डेरी एसोसिएसनको कविता प्रतियोगितमा नेपाल कृषि तथा पशुपन्छी व्यवसायी संघ, रोटरी क्लब अफ् कपन, अप्टिमिष्ट क्लब अफ डेरी इन्टरप्रिनियर्स,राष्ट्रिय दुग्ध विकास बोर्ड, प्रदेश दुग्ध विकास बोर्ड बागमतीको सहकार्यमा कार्यक्रम आयोजना रहेको कुरा एसोसिएसनका केन्द्रीय उपाध्यक्ष दिप प्रसाद धमलाले बताए ।