आज दशैंको भोलीपल्ट एकादशी

  • Clock icon
    २०८३ कार्तिक ६, बिहीबार

आज यस वर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेय हो।

नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ ।

एकादशीहरूमा विशेष महत्व भएको अशोज शुक्ल एकादशी, पापांकुशा एकादशी हो ।

भगवान स्वरुप पदमनभको अर्चना गरिने यस एकादशीलाई सबैभन्दा कठिन एकादशी पनि भनिन्छ । यस एकदाशीको व्रत बसेपछि यमलोकको यातना सहन गर्न नपर्ने मान्यता छ ।

आखिर यसै उसै गर्दै यस बर्षको दशैं ले पनि त बिट मार्न आँटेको छ ।

हिन्दु तिथीको ११औँ दिनलाई एकादशी भनिन्छ, एकादशी अर्थात दशको एकाहा अर्थात एघारौँ तिथी र यो तिथीमा वर्त वस्ने, फलाहारहरुमात्र सेवन गर्ने अनि एकादशी महात्मयको कथा सुन्ने चलन छ ।

विष्णु पुराण्को ५:३३:४६ खण्डमा यदि कोही शिव र विष्णु फरक हुन भनि सोच्दछ भने उ सोझै नर्क जानेछ भनेर उल्लेख गरिएको छ तसर्थ यो एकादशीलाई हरेक दृष्टिकोणले एउटा अदभुत र अलौकिक फल प्राप्त हुने एकादशीकारुपमा हिन्दुधधर्मावम्वीहरुले लिने गर्दछन् ।