सामसङको नयाँ अपग्रेड अफर

काठमाडौं । सामसङ नेपालले आफ्ना ग्राहकलाई लक्षित गर्दै “अपग्रेड टु ग्यालेक्सी” नामक विशेष अभियान सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्नेछन् ।

सामसङका अनुसार अभियानमार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम सुविधा तथा सहज ईएमआई योजना प्राप्त गर्नेछन् । कम्पनीले शून्य प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराउने जनाएको छ ।

अभियान अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो चयनित मोबाइल डिभाइस साट्दा त्यसको मूल्यसँगै अधिकतम ८ हजार रुपैयाँसम्म अतिरिक्त एक्सचेन्ज बोनस पाउनेछन् ।

कम्पनीले सार्वजनिक गरेको अफरअनुसार ग्यालेक्सी एस २६ अल्ट्रामा १० हजार रुपैयाँ छुटसँगै ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस उपलब्ध हुनेछ । त्यस्तै, एस २६ प्लसमा २३ हजार रुपैयाँ छुट र ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस प्रदान गरिनेछ । एस २६ मा १० हजार रुपैयाँ छुट तथा ८ हजार रुपैयाँ एक्सचेन्ज बोनस पाइने कम्पनीले जनाएको छ ।

त्यसैगरी, ग्यालेक्सी ए ५७ मा ५ हजार रुपैयाँ छुट र ५ हजार रुपैयाँ एक्सचेन्ज बोनस तथा ए ३७ मा पनि ५ हजार रुपैयाँ छुट र ५ हजार रुपैयाँ एक्सचेन्ज बोनस उपलब्ध हुनेछ ।

यस विशेष अभियानसँगै एनसेलको बोनस डेटा सुविधा पनि समावेश गरिएको छ । एस २६ सिरिज खरिद गर्ने ग्राहकले ३९९ रुपैयाँको न्यूनतम एनसेल प्याक खरिद गर्दा प्रत्येक रिचार्जमा १५ जीबी बोनस डेटा प्राप्त गर्नेछन् । यस्तो सुविधा १२ पटकसम्म उपलब्ध हुने भएकाले ग्राहकले कुल १८० जीबी डेटा उपयोग गर्न सक्नेछन् ।

त्यस्तै, ए ५७, ए ३७, ए १७ र एम १७ मोडलमा २९९ रुपैयाँको न्यूनतम एनसेल प्याक खरिद गर्दा प्रत्येक रिचार्जमा १० जीबी बोनस डेटा पाइनेछ । १२ पटकसम्मको रिचार्जमा ग्राहकले कुल १२० जीबी बोनस डेटा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सामसङले हालै सार्वजनिक गरेको ग्यालेक्सी एस २६ सिरिजलाई आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोनका रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार यसमा शक्तिशाली परफर्मेन्स, उन्नत एआई आधारित फिचर तथा प्रिमियम प्रयोग अनुभव समावेश गरिएको छ ।

त्यस्तै, ग्यालेक्सी ए ५७ र ए ३७ फाइभजीमा स्मार्ट एआई सुविधा, भरपर्दो कार्यसम्पादन तथा आकर्षक डिजाइन उपलब्ध गराइएको कम्पनीको दाबी छ । दैनिक प्रयोगकर्तालाई आधुनिक प्रविधिसहित सहज अनुभव दिने लक्ष्यसहित यी मोडल बजारमा ल्याइएको जनाइएको छ ।

यो विशेष अफर सीमित अवधिका लागि मे २७ देखि जुन ३० सम्म देशभर रहेका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ । कम्पनीले ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य विस्तृत जानकारीका लागि नजिकैको सामसङ स्टोरमा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ ।