इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानमा आफ्नो देशले गरेको आक्रमणबारे सन्देश जारी गरेका छन्।
उनले भनेका छन्, ‘इजरायलले इरानको आणविक संवर्धन कार्यक्रमको मुख्य केन्द्रमा आक्रमण गरेको छ।’
उनका अनुसार यो आक्रमण इरानी राजधानी तेहरानबाट लगभग २२५ किलोमिटर दक्षिणमा रहेको इरानी सहर नातान्जमा अवस्थित इरानको मुख्य संवर्धन केन्द्रमा गरिएको हो।
इरानले अप्रिल २०२१ मा यस केन्द्रमा साइबर आक्रमणका लागि इजरायललाई दोष दिएको थियो। इजरायलले ‘इरानी बममा काम गर्ने’ वैज्ञानिकहरूलाई लक्ष्य गरेको उसको आरोप थियो।
नेतन्याहुले भनेका छन्, ‘आक्रमण आवश्यक पर्ने दिनहरूसम्म जारी रहनेछन्।’
उनले अगाडि भनेका छन्, ‘केही समयअघि इजरायलले आफ्नो अस्तित्वमा इरानी खतरा कम गर्न अपरेसन राइजिङ लायन सुरु गरेको छ।’
इजरायली प्रधानमन्त्री नेतन्याहुले हालैका महिनामा इरानले पहिले कहिल्यै नचालेको अर्थात् समृद्ध युरेनियमबाट हतियार बनाउने कदम चालेको बताएका छन्।