तथ्यको निष्कर्षमा नपुगी समाचार हटाउनू भन्ने आदेशले प्रमाण नष्ट हुने खतरा निम्तिएको महासंघको भनाई

जिल्ला अदालत काठमाडौंले चिनियाँ विद्युतीय कार बीवाईडीको नेपालस्थित आधिकारिक बिक्रेता साईमेक्स इन्क प्रालिसम्बन्धी बिजनेस न्युजमा प्रकाशित समाचार हटाउन र प्रसारण नगर्न गरेको अन्तरिम आदेशप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले जनाएको छ।

अदालतले २०८३ जेठ २५ मा भएको अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुंगो नलागेसम्म समाचार सामग्रीहरू बिजनेश भेन्चर मिडिया प्रालिद्वारा सञ्चालित सञ्चारमाध्यम तथा अनलाइनमा प्रकाशनरप्रसारण नगर्नुरनगराउनु र प्रकाशनरप्रसारण भएका उक्त सामाग्री थप सम्प्रेषण हुन नदिनु र आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै हटाउनु भनी आदेश गरेको महासंघको एसोसिएट संस्था अनलाइन पत्रकार संघले जनाएको छ महासंघको विज्ञप्तिमा भनिएको छ।

उक्त आदेश पत्रकार आचारसंहिता २०७३ को ५ ९८० मा अनलाइन सञ्चारमाध्यमबाट प्रकाशनरप्रसारण भएको समाचार -पोष्ट डिलिट हटाउनु हुँदैन भन्ने प्रावधानसँग पटक्कै मिल्ने नदेखिएको महासंघको भनाइ छ।

समाचारको सत्यता परीक्षण गर्न कानूनद्वारा स्थापित प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसँग पनि आदेशको तादाम्यता नमिल्ने बुझाइ रहेको महासंघले जनाएको छ।

समाचारमा समावेश भएका तथ्य सही हुन् कि गलत भन्ने निष्कर्षमा नपुगी समाचार हटाउनु भनेर आदेश दिएबाट स्वतन्त्र पत्रकारिताको मूल मर्ममा प्रहार हुनुको साथै प्रमाण नष्ट हुनसक्ने खतरा निम्त्याएको महासंघले जनाएको छ।

अतः विगतमा अदालतबाट अनलाइन सञ्चारमाध्यमहरूमा प्रकाशित समाचार हटाउनु भनी जारी अन्तरिम आदेशहरू अन्तिममा खारेज भएको नजिर समेतलाई मध्यनजर गर्दै सम्मानित अदालतबाट अन्तरिम आदेशमा संशोधन हुने र प्रेस स्वतन्त्रताको रक्षा हुनेमा महासंघ विश्वस्त छ विज्ञप्तिमा भनिएको छ।

महासंघले अदालतको सम्मान गर्दै अन्तिम फैसला स्वीकार गर्न तथा संविधान, कानून र पत्रकार आचारसंहिताको पालना गर्न सबै आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ।