बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको छ।
अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलाशले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित दोषी ठहरिएका १६ जना प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो।
यसअघि गत असार २३ गते अदालतले उक्त प्रकरणका कुल ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर गरेको थियो भने ७ जनालाई सफाइ दिएको थियो। बाँकी ८ जनाको मुद्दा भने मुल्तवीमा राख्ने आदेश भएको थियो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने बहानामा करोडौँ ठगी गरेको यस संगठित अपराधको घटनामा अदालतको यो फैसलालाई निकै चासोका साथ हेरिएको छ।
मुख्य प्रतिवादीहरूको एकीकृत सजाय विवरण:
अदालती प्रतिवेदन अनुसार कसुरदार ठहरिएका मुख्य व्यक्तिहरूलाई तोकिएको एकीकृत सजाय (कैद तथा जरिवाना) यस प्रकार छ।
टोपबहादुर रायमाझी (पूर्वउपप्रधानमन्त्री) ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
बालकृष्ण खाण -पूर्वगृहमन्त्री- २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
टेक नारायण पाण्डे -पूर्वसचिव- ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
डा। इन्द्रजित राई (सुरक्षा विज्ञ- ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना)नोट- निजको हकमा जेष्ठ नागरिक ऐन बमोजिम कैदमा छुट सम्बन्धी विशेष व्यवस्था उल्लेख भएको छ-
टेक नाथ रिजाल -भुटानी अधिकारवादी नेता-२ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना
केशव प्रसाद दुलाल- ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
सानु भण्डारी– ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
सागर राई-४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
सन्देश शर्मा- ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
विक्रम भन्ने गोविन्द कुमार चौधरी- ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
आङटावा शेर्पास् ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना
अन्य प्रतिवादीहरूको सजाय विवरण-
प्रकरणमा संलग्न अन्य जुनियर तथा सहायक भूमिकामा रहेका प्रतिवादीहरूलाई तुलनात्मक रूपमा कम सजाय तोकिएको छ-
नरेन्द्र के.सी.-१ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
शमशेर मियाँ- १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
हरीभक्त महर्जन-१ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
निरञ्जन कुमार खरेल- १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
बेचन झा-ठगी उद्योग अन्तर्गत १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना
