प्रधानमन्त्री बालेन्द्र शाह- बालेन र गभर्नर डा.विश्वनाथ पौडेलको भेटपछि शेयर बजारले सकारात्मक सुधार देखाएको छ।
शेयर बजार लगातार घटेर हैरान भएका बेला बालेनले गभर्नरसँग छलफल गरेको भोलिपल्टै र आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले शेयरको प्रष्टिकरण दिएकै दिन बजारमा श्रावणे संक्रान्ति लागेर छ ।
हरियो लुगा लगाउने दिन आज शेयर बजारमा हरियाली छाएको स्टक एक्सचेञ्जले जनाएको छ ।
चैत दोस्रो साता प्रधानमन्त्री बालेनको नेतृत्वमा दुईतिहाइको सरकार बनेयता निरन्तर ओरालो लागेको सूचक शुक्रबार आर्थिक वर्ष २०८३-८४ को पहिलो दिन आज शुक्रबार ७९.७४ अंकले बढेको छ।
बजारमा आज साढे तीन महिनायताकै उच्च अंकले बढेको हो। सूचक बढेर शुक्रबार २६७७.५४ विन्दुमा पुगेको छ। यसअघि चैत २३ गते सूचक ८३.३४ अंकले बढेको थियो ।
बजारमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको मूल्य बढेको छ। चैत दोस्रो साता शेयर बजार ३६३ अंकले घटेर २५६० अंकमा आएको थियो ।
हाइड्रोपावर, लगानी, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र फाइनान्सको सूचक सबैभन्दा धेरै बढेको छ। बजारमा २५९ कम्पनीको सेयर मूल्य बढेको छ।
दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । श्रीनगर एग्रिटेक र सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
बजारमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै २२ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। यस्तै, कर्पोरेट विकास बैंकको १७ करोड ७३ लाख, रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ।
बजारमा १३ कम्पनीको शेयर मूल्य घटेको छ। आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा गिरावट लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।
