नयाँ आर्थिक वर्ष २०८३ ८४ शुरु भएसँगै उकालो लागेको बजार परिसुचक लगातार उकालेतर्फ दखिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले गर्भनरसँगको छलफल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयरमा देखिने त्राहिमामबाट बच्न सबैलाई अनुरोध गरेसँगै बजारमा हरियाली छाइरहेको छ ।
कारोबार हुने यो साताको पहिलो दिन आज सोमबार नेप्से ४१.७० अंकले बढेर २७१९.२४बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.५५ प्रतिशत बढी हो ।
आज कूल ३४३ कम्पनीको ६६ हजार ९९ कारोबारबाट ५ अर्ब ५० करोड ३५ लाख १० हजार १८० रुपैयाँ बराबरका १ करोड २२ लाख ३१ हजार ५६६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
