अक्सनपछि यस्ता छन् एनभीएलका टोली

नेपाल भलिबल लिग (एनभीएल)को पहिलो संस्करणको अक्सन आइतबार सम्पन्न भएको छ ।

नेपाली भलिबलको इतिहासमा पहिलोपटक खेलाडीको अक्सन भएको हो । ललितपुरको ग्वार्कोस्थित रोयल टुलिपमा भएको अक्सनमा क्याटोगरी ‘ए’मा ५४ र ‘बी’मा ७३ गरी १२७ समावेश थिए ।

अक्सनबाट हरेक टोलीले ‘ए’ क्याटोगरीबाट चार र ‘बी’बाट तीन गरी सात खेलाडी भित्र्याए ।

क्योटगरी ‘ए’का खेलाडीको न्यूनतम मूल्य एक लाख र अधिकतम मूल्य एक लाख २० हजार रुपौयाँ रहनेछ । यसैगरी, क्याटोगरी ‘बी’का लागि न्यूनतम मूल्य ५० हजार र अधिकतम मूल्य ७० हजार रुपैयाँ तोकिएको थियो ।

क्याटोगरी ‘ए’मा १४ र क्याटोगरी ‘बी’मा तीन खेलाडीमाथि अधिकतम मूल्यको बोली लागेको थियो ।

क्याटोगरी ‘ए’का सनोज चौधरी र चिरञ्जिवी खड्कालाई भित्र्याउन सबै टोलीले चासो देखाएका थिए ।

अक्सनमा काठमाडौं रेड्सले सबैभन्दा बढी ६ लाख ५० हजार र सगरमाथा स्म्यासर्सले सबैभन्दा कम पाँच लाख ७० हजार रुपैयाँ खर्च गरे ।

अब हरेक टोलीले तीन विदेशी र ट्यान्ट हन्टबाट एक खेलाडी भित्र्याएर पूर्ण टोली तयार पार्नेछन् ।

६ टोली सहभागी हुने फ्रेन्चाइज पुरुष भलिबल लिगमा यसअघि नै मार्की खेलाडी तथा प्रशिक्षक सार्वजनिक भइसकेको छ ।

खप्तड फाल्कन्सले धिरोजकाजी बस्नेत, मधेस वारियर्सले रविन नगरकोटी र सगरमाथा स्म्यासर्सले हरिहजुर थापालाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेका छन् ।

यसैगरी, अन्नपूर्ण स्पाइकर किंग्समा हिमाल सुनारी, कर्णाली शिवराजमा पहल गहतराज, काठमाडौं रेड्समा सुनिल बोहरा मार्की छन् ।

यस्तै, खप्तडमा रुपेशकुमार विष्ट, मधेसमा भरत यादव र सगरमाथामा उत्सव खड्का प्रशिक्षक छन् । यता, रमेश केसीले अन्नपूर्ण, चन्द्रबहादुर कुँवरले कर्णाली र नृपबहादुर विकले काठमाडौंको प्रशिक्षण सम्हाल्ने छन् ।

नेपाल भलिबल संघको प्राविधिक सहयोग र केडिया ग्रुपको आयोजनामा हुन लागेको प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० बहुद्देश्यीय कभर्डहलमा भदौ १२ देखि २० गतेसम्म हुँदै छ ।

यस्ता छन् अक्सनपछिका एनभीएल टोली
अन्न्नपूर्ण स्पाइकर्स किंग्स
मार्की स् हिमाल सुनारी
क्याटोगरी ‘ए’ स् राजेन्द्र धामी (१ लाख २० हजार), सुरेन्द्र केसी (१ लाख २० हजार), विश्वास अधिकारी (१ लाख), रवि केसी (१ लाख)

क्याटोगरी ‘बी’ स् विकास आले (५० हजार), जितबहादुर कार्की (५० हजार), देवरमन मगर (५० हजार)

खप्तड फाल्कोन्स
मार्की स् धिरोजकाजी बस्नेत
क्याटोगरी ‘ए’ स् सरोज बर्देवा (१ लाख २० हजार), प्रेमप्रसाद गौतम (१ लाख २० हजार), विवस थापा (१ लाख), इन्द्र विक (१ लाख)

क्याटोगरी ‘बी’ स् पारस बोहरा (७० हजार), नवराज थापामगर (५० हजार), नवराज धामी (५० हजार)

मधेस वारियर्स
मार्की स् रविन नगरकोटी
क्याटोगरी ‘ए’: धनबहादुर भट्ट, (१ लाख २० हजार), सन्तोष मेहता (१ लाख २० हजार), रामविनय यादव (१ लाख), राजन थापा (१ लाख)

क्याटोगरी ‘बी’ स् विप्सन शाही ठकुरी (७० हजार) रविन रसाइली (५० हजार), सञ्जुविक्रम शाह (५० हजार)

कर्णाली शिवराज
मार्की स् पहल गहतराज
क्याटोगरी ‘ए’ स् नृपध्वज बस्नेत (१ लाख २० हजार), सुरज चुनारा (१ लाख २० हजार), सनोज चौधरी (१ लाख २० हजार), विनोद चन्द (१ लाख २० हजार)

क्याटोगरी ‘बी’ स् सन्दीप लोहार (५० हजार), बलराम गुरुङ (५० हजार), सुनिल ठकुल्ला (५० हजार)

सगरमाथा स्म्यासर्स
मार्की स् हरिहजुर थापा
क्याटोगरी ‘ए’ स् सुवास कुँवर (१ लाख २० हजार), भीमबहादुर गाहा (१ लाख), दीपकराज जोशी (१ लाख), रुपेन्द्र नेपाली (१ लाख)

क्याटोगरी ‘बी’ : सन्जोग परियार (५० हजार), रेशम छन्त्याल (५० हजार), रमेश बम (५० हजार)

काठमाडौं रेड:
मार्की : सुनिल बोहरा
क्याटोगरी ‘ए’ स् सन्तोष राई (१ लाख २० हजार), चिरञ्जिवी खड्का (१ लाख २० हजार), सन्तोष विक (१ लाख २० हजार), बलदेवसिंह धामी (१ लाख)

क्याटोगरी ‘बी’ स् जितबहादुर ढुंगेल (७० हजार), पुस्करसिंह धामी (५० हजार), दिपेश कुँवर (५० हजार)