नेपालको दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको छ । दिगो नेपालको बाटो–दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरूको लाम लागेकाले पनि समस्या सिर्जना भएको छ । जसले गर्दा विकास अनुकुल हुन नसकेको प्रष्ट छ ।
अर्थशास्त्री प्रा डा विश्वम्भर प्याकुरेलले आर्थिक विकासको लागि वित्तीय पहुँच र समावेशीकरणलाई प्रवर्धन गर्न डिजिटल प्रविधि र नवीन वित्तीय उपकरणहरूको महत्व औँल्याउँदै दिगो आर्थिक विकासका लागि नीति सुधारमा जोड दिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
पूर्व गर्भनर डा. चिरञ्जिवी नेपालले आर्थिक विकासका लागि विदेश जाने युवाले केहि सिप सिकी नेपालमा प्रयोगको वातावरणका लागि नीतिमा प्रष्ठता हुनुपर्ने औंल्याउनुभयो । नेपाल धितोपत्र बोर्ड (सेबोन)का कार्यकारी निर्देशक डा नवराज अधिकारीले आर्थिक विकासमा वित्तीय स्थिरतामा जोड दिनुभयो । काठमाडौँ फिनटेकका संस्थापक डा सञ्जीव सुब्बाले नेपालको आर्थिक विकासमा वित्तीय समावेशीकरणको आवश्यकतलाई प्रष्ट्याउनुभयो ।
वास्तवमा भन्ने हो भने सबैले आर्थिक विकासका लागि नीतिको बाहुल्यतामा जोड दिनुभएकाले सरकारले पनि यसबारे योजना सहित कार्यान्वयनमा जोड दिनुुपर्ने भएको छ ।