आज सोमबार देशभर आंशिक बादल लाग्नेछ भने देशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसैगरी, लुम्बिनी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।
महाशाखाले चक्रवात मुरासुबारे पनि विशेष बुलेटिन जारी गर्दै उक्त मौसम प्रणालीको कारण नेपालको मौसममा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नदेखिएको जनाएको छ ।
मौसम मोडल तथा भू(उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्क विश्लेषणको आधारमा आइतबार बिहान ११:४५ बजे दक्षिणपश्चिम बङ्गालको खाडी तथा आसपासको मध्यपश्चिम बङ्गालको खाडीमा चक्रवाती आँधी मुरासु बनेको हो ।
सोमबार मध्यपश्चिम बङ्गालको खाडीमा यो प्रणाली शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको छ ।
यो प्रणाली निरन्तर पश्चिम-उत्तरपश्चिमातर्फ अघि बढ्दै कार्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रमा पर्ने नेल्लौर र नरसापुरबिचबाट शक्तिशाली चक्रवाती आँधीका रूपमा जमिनमा प्रवेश गर्ने सम्भावना छ ।
