अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्रिकेट विश्वकप-२०२७ आयोजक देशहरूको नाम घोषणा गरेको छ।
आईसीसीले अर्को वर्ष आयोजना गरिने पुरुष क्रिकेट विश्वकप आयोजक दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबिया रहने जानकारी दिएको हो।
आईसीसीका अनुसार दक्षिण अफ्रिकाका आठ सहर, जिम्बाब्वेका तीन र नामिबियाको राजधानी विन्डहोकमा प्रतियोगिता सञ्चालन गरिनेछ।
