स्टार्टअप संस्कृतिबाट मात्रै आत्मनिर्भर नेपाल सम्भव : उपकुलपति प्रा. डा. भोला थापा

  • Clock icon
    २०८३ श्रावण २२, शुक्रबार

काठमाडौं, साउन २१। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा ले नेपालमा बढ्दो बेरोजगारी, युवा पलायन तथा सीमित रोजगारीका अवसरलाई समाधान गर्न विश्वविद्यालय शिक्षा उद्यमशीलतामैत्री हुनुपर्ने बताउनुभएको छ।

‘राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका’ विषयक स्टार्टअप समिट नेपाल-२०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालय अब केवल शैक्षिक प्रमाणपत्र प्रदान गर्ने संस्थामा सीमित रहन नहुने धारणा राख्नुभयो।

उहाँले विद्यार्थीलाई अनुसन्धान, नवप्रवर्तन, समस्या समाधान र उद्यमशील सोचसँग जोड्न सके मात्र नेपालको आर्थिक विकासले गति लिने बताउनुभयो।

“विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले ज्ञानसँगै नवप्रवर्तन र स्टार्टअप उत्पादन गरिरहेका छन्। अब नेपालका विश्वविद्यालयले पनि त्यही बाटो समाउनुपर्छ,” उहाँले भन्नुभयो।

नेपाललाई समृद्ध बनाउने अभियानमा स्टार्टअपको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले त्रिभुवन विश्वविद्यालय यस्ता कार्यक्रमलाई देशभर विस्तार गर्न आवश्यक सहकार्य गर्न तयार रहेको स्पष्ट पार्नुभयो।

विश्वविद्यालय, उद्योग र निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै अनुसन्धानलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्न सकिने उल्लेख गर्दै उहाँले विद्यार्थीलाई रोजगार खोज्ने होइन, रोजगार सिर्जना गर्ने नेतृत्वका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

यस कार्यक्रमा देशैभर संचालन गर्ने समेत आयोजकले बताएको छ ।

कार्यक्रमको तस्बिर :-

  • Clock icon
    २०८३ श्रावण २२, शुक्रबार