‘कक्षाकोठाबाटै उद्यमशीलताको संस्कार सुरु हुनुपर्छ’ : डा. भारत थापा

  • Clock icon
    २०८३ श्रावण २२, शुक्रबार

काठमाडौं, साउन २१। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका प्राध्यापक डा. भारत थापा ले नेपालका शैक्षिक संस्थाहरूमा उद्यमशीलता र नवप्रवर्तनसम्बन्धी कार्यक्रम नियमित हुनुपर्ने बताउनुभएको छ।

स्टार्टअप समिट नेपाल–२०२६ कार्यक्रममा बोल्दै उहाँले अहिलेको शिक्षालाई व्यवहारिक, सीपमूलक र उद्योगसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले विद्यार्थीलाई परीक्षा र प्रमाणपत्रमा मात्र सीमित नराखी नयाँ सोच, अनुसन्धान र व्यवसायिक नेतृत्व विकासमा केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

भविष्यमा पनि त्रिभुवन विश्वविद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहकार्य गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रमको तस्बिर

  • Clock icon
    २०८३ श्रावण २२, शुक्रबार