अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई बिना शर्त आत्मसमर्पण गर्नु सबै भन्दा उपयुक्त भएको सुझाव सहित मौका दिएका छन्।
तत्काल उनको ज्यान सुरक्षित रहेको भन्दै ट्रम्पले खमिनीलाई यस्तो सुझाव दिएका हुन्। यो सजिलो लक्ष्यमा अगाडि बढे अहिले उनी सुरक्षित भएको उनको भनाइ छ।
इरानले इजरायलको तेल अभिभ र हाइफालाई खाली गर्न भनेपछि धेरै विस्फोट तेहरानमा भइरहेको छ। धेरै इरानी अहिले तेहरान छाड्न चाहिरहेका छन्। तर धेरैले अन्य कुनै पनि स्थान सही नभएको बताउन थालेका छन्।
अहिले संसारका धेरै नेता अमेरिकी राष्ट्रपति ट्रम्पको अबको बाटोकोबारे अनुमान गर्न थालेका छन्।
युद्ध चलिरहँदा इजरायलले इरानको बालिस्टिक मिसाइल प्रक्षेपण केन्द्रमा नै प्रहार गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।