एभरेष्ट बैंक र चिनो हाइड्रोपावरबिच चिनो खोलामा ७.८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न एक अर्ब ३६ करोड ऋण लगानी गर्ने सहमति भएको छ ।
सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठद्वारा हस्ताक्षर गरेका छन् । नासोङ गाउँपालिका, मनाङस्थित उक्त परियोजना बुटवल पावर कम्पनीद्वारा प्रवद्र्धित परियोजना हो । यस परियोजना दुई वर्षमा सम्पन्न गर्न चाइनिज ठेकेदारलाई इपिसी मोडेलमा ठेक्का लगाइएको छ ।
साथै, यसबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सबस्टेसनबाट राष्ट्रिय ग्रिडमा जोडिने बताइएको छ । परियोजनाका लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबिच विद्युत् खरिद बिक्री सम्झौता ०८२ वैशाखमा सम्पन्न भइसकेको छ । यस परियोजनाबाट वार्षिक ४४.४६५ गिगावाट प्रतिआवर विद्युत् उत्पादन हुने बताइएको छ ।
पछिल्लो समय एभरेष्ट बैंकले यस्ता परियोजनामा आफूले तथा आफ्नो नेतृत्वमा लगानी बढाउँदै आइरहेको छ ।