कैलालीमा प्रहरीले लागुऔषधविरुद्धको अभियान सञ्चालन गर्ने भएको छ । अभियान सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालयले लागुऔषध नियन्त्रण कार्यविधि तयार पारी प्रदेश प्रहरी कार्यालयबाट स्वीकृत गराएर कार्यान्वयनको तयारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बालनरसिंह राणाले लागुऔषध प्रयोगकर्ता र अभिभावक लक्षित गरेर जिल्लाभरि लागुऔषधविरुद्धको अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । ‘लागुऔषधको अवस्था भयावह रहेछ, कारागारमा रहेकामध्ये ७० प्रतिशतभन्दा बढी लागुऔषध मुद्दाका छन्,’ उनले भने, ‘लागुऔषध नियन्त्रण गर्न पालिकाहरूको सहयोगमा जिल्लाभरि अभियान चलाउन लागेका हौँ ।’ अभियानअन्तर्गत अभिभावक, प्रयोगकर्ता तथा लागुऔषधको जोखिममा रहेका व्यक्ति पहिचान गरी उनीहरूलाई प्रशिक्षण दिइने प्रहरीले जनाएको छ ।
लागुऔषधको दुव्र्यसनीमा फसेकाको पहिचान गरी अभिभावकको समन्वयमा उनीहरूलाई पुनस्र्थापना केन्द्र पठाउने, विद्यालय,क्याम्पसमा विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेत गराउने प्रहरीको योजना छ ।
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                            
 
                             
                             
         
         
         
         
         
         
                             
                             
                            