एनआरएनएका पुर्ब अध्यक्ष जीवा लामिछानेको शेयर बजारबारे लेख्छन्-

jiwa lamichhane
शेयर बजारमा गरिने लगानी संबन्धि एउटा रोचक प्रसंगः
शेयर बजारमा लगानी गरेर आफ्नो भाग्य अजमाउने चाहना धेरैलाई हुन्छ । सर आइज्याक न्युटनलाई पनि त्यो चाहना भएछ ।
सन् १७२० मा आइज्याक न्युटनले उती बेलाको निक्कै ठूलो ‘साउथ सी कम्पनी’ मा शेयर लगानी गरेछन् । कम्पनीको शेयर मूल्य बढेर सतप्रतिसत नाफा हुने अवस्थामा पुगेपछि न्युटनले आफूसंग रहेको सबै शेयर बिक्री गरेछन् । त्यसबाट उनलाई ७००० पाउण्ड नाफा भएछ ! उनले शेयर बिक्रि गरेपछी कम्पनीको शेयर अझै माथि जान थाल्यो । एक महिना पछी सो कम्पनीको अझ बढी शेयर नयाँ मूल्यमा उनले फेरी किनेछन् । तर उनको दुर्भाग्य, त्यसपछी कम्पनीको शेयर मूल्य तल झर्न सुरु भयो । घटेको मूल्यमा न्युटनले २० हजार पाउण्ड (अहिलेको बजार मुल्यमा ३० लाख पाउण्ड) नोक्सान बेहोरेर आफुँसंग भएको सबै शेयर बिक्रि गरे । न्यूटन त्यस घटनापछी ७ बर्ष अझै बाचें ।
त्यो कम्पनीसंग न्यूटन यति बिरक्तिएछन् कि जीवनपर्यन्त उनका अगाडी कसैले ‘साउथ सी कम्पनी’ को नामै लिन नपाउने उर्दी जारी गरेका थिए रे । उनले भनेका थिए रे- ‘I can calculate the motions of the heavenly bodies, but not the madness of men.’