नबिल बैंकले ५.५ प्रतिशत ब्याज दिने गरी १० वर्षका लागि ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
यस सम्बन्धमा बैंक र क्यापिटलबीच सम्झौता भएको छ। सम्झौतापत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरेका छन्।
बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य कायम गरी १० वर्ष अवधिका वार्षिक ५.५% ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो ।
जसमध्ये २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने गरिने बैंकले बुधबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
१६ लाख कित्ता ऋणपत्रमध्ये ५% अर्थात ६५,००० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइने
छ।
