कर्णालीमा रमाइलो गर्दै माअ‍ोवादी नेताहरु

नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरुले कर्णाली नदीमा र्याफ्टिङ गरेका छन् । हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियानको क्रममा बर्दिया पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु सोमबार १५ गते अपरान्ह र्याफ्टिङमा गएका हुन् ।


प्रचण्ड सवार डुंगामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,हालै मनोनीत उपाध्यक्ष नन्दकिशोर पुन,उपाध्यक्ष पम्फा भुसाललगायत स्थानीय नेताहरु पनि सहभागी थिए ।
त्यसअघि नेताहरुले राजापुर नगर समितिले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गरे । बिहान सहिद तथा बेपत्ता परिवारको घरमा खाने व्यवस्था मिलाइएको माओवादी उपाध्यक्ष पम्फा भुसालले जानकारी दिइन् ।