यस वर्षको दशैं, तिहार तथा छठलाई थप विशेष बनाउँदै हुण्डाई नेपालले ‘फेस्टिभ ड्राइभ २०८३’ योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत ग्राहकले ८ लाख रुपैयाँसम्मको नगद छुट पाउनुका साथै निःशुल्क बीमा, सडक कर (रोड ट्याक्स) र ६ वर्षसम्मको सर्भिसिङ सुविधा प्राप्त गर्नेछन्।
चाडपर्वको अवसरमा नयाँ हुण्डाई गाडी खरिद गर्न चाहने ग्राहकले नजिकैको हुण्डाई नेपालको शोरुममा पुगेर योजनाबारे थप जानकारी लिन सक्नेछन्।
