असोजमा बैंकको ब्याजदर थप सहज

काठमाडौं। २० वटा वाणिज्य बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम रहे पनि कर्जाको मागमा अपेक्षित सुधार नहुँदा बैंकहरूले निक्षेपको ब्याजदरमा थप कटौती गरेका हुन्।

असोज महिनामा २० वाणिज्य बैंकको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशत कायम भएको छ। यो भदौ महिनामा रहेको ४.१३६ प्रतिशतको औसतभन्दा ०.०४६५ प्रतिशत बिन्दुले कम हो।

त्यस्तै, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि घटेको छ। भदौमा ३.०८१ प्रतिशत रहेको संस्थागत निक्षेपको औसत ब्याजदर असोजमा ०.०१४५ प्रतिशत बिन्दुले घटेर ३.०६६५ प्रतिशत कायम भएको छ।

एभरेष्टले सबैभन्दा बढी घटायो

असोजमा निक्षेपको ब्याजदर घटाउनेमध्ये एभरेष्ट बैंक अगाडि रहेको छ। बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ०.५५ प्रतिशत बिन्दुले घटाएर ३.५० प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपको ब्याजदर पनि ०.२५ प्रतिशत बिन्दुले घटाएर ३.२५ प्रतिशतमा झारेको छ।

नबिल बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.३० प्रतिशत बिन्दुले घटाएर ४.२५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपतर्फ भने बैंकले ३.०१ प्रतिशत ब्याजदरलाई यथावत् राखेको छ।

त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर ०.०३ प्रतिशत बिन्दुले घटाएर ३.७३ प्रतिशतमा झारेको छ।

सिटिजन्स बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएर २.७५ प्रतिशत कायम गरेको छ।

सानिमाले संस्थागततर्फ बढायो

अन्य बैंकले ब्याजदर घटाइरहेका बेला सानिमा बैंकले भने संस्थागत निक्षेपतर्फको ब्याजदर बढाएको छ। बैंकले संस्थागत निक्षेपको ब्याजदर ०.२१ प्रतिशत बिन्दुले बढाएर ३.५१ प्रतिशत पुर्‍याएको छ।

व्यक्तिगत निक्षेपतर्फ भने सानिमाले ४.५० प्रतिशतकै ब्याजदरलाई निरन्तरता दिएको छ।

प्रभुको व्यक्तिगत निक्षेपमा सबैभन्दा बढी दर

असोज महिनामा व्यक्तिगत निक्षेपतर्फ प्रभु बैंकले सबैभन्दा बढी ४.५५ प्रतिशत ब्याजदर कायम गरेको छ।

यस्तै, माछापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकलगायत १५ वटा बैंकले असोज महिनामा व्यक्तिगत निक्षेपको ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।

समग्रमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि कर्जाको मागमा अपेक्षित वृद्धि हुन नसकेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने क्रमलाई असोज महिनामा पनि निरन्तरता दिएका छन्।

Interest Rate of Commercial Banks for Ashoj 2083 (%)
S.No. Commercial Banks Bhadra Rate

(Individual / Institutional)

Ashoj Rate 

(Individual / Institutional)

Difference 

(Individual / Institutional)

1 Prabhu Bank 4.55 / 2.75 4.55 / 2.75 0 / 0
2 Machhapuchhre Bank 4.5 / 3 4.5 / 3 0 / 0
3 Nepal Investment Mega Bank 4.5 / 3.5 4.5 / 3.5 0 / 0
4 NMB Bank 4.5 / 3.5 4.5 / 3.5 0 / 0
5 Sanima Bank 4.5 / 3.3 4.5 / 3.51 0 / +0.21
6 Nabil Bank 4.55 / 3.01 4.25 / 3.01 -0.3 / 0
7 Agriculture Development Bank 4.15 / 2.75 4.15 / 2.75 0 / 0
8 Nepal Bank 4.15 / 3.5 4.15 / 3.5 0 / 0
9 Nepal SBI Bank 4.1 / 2.75 4.1 / 2.75 0 / 0
10 Prime Commercial Bank 4 / 2.75 4 / 2.75 0 / 0
11 Global IME Bank 4 / 2.75 4 / 2.75 0 / 0
12 NIC Asia Bank 4 / 3 4 / 3 0 / 0
13 Rastriya Banijya Bank 4 / 3 4 / 3 0 / 0
14 Laxmi Sunrise Bank 4 / 3.25 4 / 3.25 0 / 0
15 Himalayan Bank 4 / 3.5 4 / 3.5 0 / 0
16 Citizens Bank International 3.85 / 3 3.85 / 2.75 0 / -0.25
17 Siddhartha Bank 3.76 / 3.05 3.76 / 3.05 0 / 0
18 Standard Chartered Bank 3.8 / 2.75 3.75 / 2.75 -0.05 / 0
19 Kumari Bank 3.76 / 3.01 3.73 / 3.01 -0.03 / 0
20 Everest Bank 4.05 / 3.5 3.5 / 3.25 -0.55 / -0.25
Average 4.136 / 3.081 4.0895 / 3.0665 -0.0465 / -0.0145