साताको चौथौ कारोबार दिन आज बिहीबार शेयर बजार बढेको छ। आज बिहीबार नेप्से परिसूचक ११.९३ अंकले बढेर २६२४।३६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन हिजो बुधबार २१.१९ अंकले घटेर २६१२.४२ बिन्दुमापुगेको थियो।
आज बिहीबार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। आज कारोबार बढेर रकम ५ अर्ब ४९ करोड ४७ लाख ६७ हजार रुपैयाँ पुगेको छ। बुधबार ५ अर्ब ३८ करोड ५७ लाख ८७ हजार रुपैयाँको कारोबार भएको थियो।
आज क वर्गका कम्पनीको कारोबार सेन्सेटिभ इण्डेक्स २.०७ अंक, फ्लोट इण्डेक्स ०.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०८३ अंकले बढेको स्टक एक्सचेन्जले जनाएको छ।
कुल ३३९ स्टकको ५१ हजार ६७५ पटकको कारोबारमा १ करोड ३६ लाख ६६७ कित्ता शेयर यर खरिदबिक्री भएका छन्। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सर्वाधिक १२.४३ प्रतिशतले बढेको छ।
कारोबारमा आएका ११ उपसमूहको परिसूचक बढेको छ। २ उपसमूहको परिसूचक घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ।
लगानीकर्ताले २०७८ भदौ २ गते कायम भएको हालसम्मकै उच्च ३ हजार १९९।०३ बिन्दुको कीर्तिमान पुनः पार हुने प्रतीक्षा गरिरहेका छन्।तर, बजारले उक्त ऐतिहासिक उचाइतर्फ स्थायी गति लिन सकेको छैन।
२०८१ साउन ३१ गते नेप्से परिसूचक ३ हजार ०।८१ बिन्दुसम्म पुगेको थियो। त्यसपछि उतारचढावमा रहेको बजार २०८२ साउन १३ गते पुनः ३ हजार २।०८ बिन्दुमा पुगेको थियो।
त्यसयता भने बजारमा निरन्तर उतारचढाव देखिँदै आएको छ। ३ हजार २०० बिन्दुको मनोवैज्ञानिक तह पार गर्ने अपेक्षा गरिएका बेला बजारमा पुनः संकुचन देखिएको हो।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदरसमेत ऐतिहासिक न्यून बिन्दुनजिक पुगेका अवस्थामा पनि सेयर बजारले अपेक्षित गति लिन सकेको छैन।
लगानीकर्ताको मनोबल कमजोर रहनु, अर्थतन्त्रमा देखिएको शिथिलता तथा नीतिगत अन्योललगायत कारणले बजारमा अपेक्षित सुधार आउन नसकेको विश्लेषण हुँदै आएको छ।
