अतिथि देवो भवः अर्थात् पाहुना हाम्रा भगवान् हुन ।
नेपाल एउटा पर्यटकीय गन्तव्य हो, हिमश्रृख्लाहरु, मनोरम हरियाली, जैविक अनि सांस्कृतिक विविधता लगायत शान्तिप्रिय वुद्धभुमीका शालीन हामी नेपालीहरु नै नेपालको गहना हो ।
हरेक वर्ष नेपालको हिमशैलमा रमाउन, हिमालहरू आरोहण गर्न, पदयात्रा गर्न, धार्मिक पर्यटन गर्न अनि अन्य विभिन्न कुराहरू अवलोकन गर्न लाखौँ पर्यटकहरू नेपाल आउनेगर्दछन, तर पर्यटनको अधिक सम्भावना हुँदाहुँदै पनि नेपालले पर्यटनबाट उचित लाभ लिन सकेको छैन ।
आज विश्व पर्यटन दिवस मनाइँदै छ । हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।
आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
यसवर्षको विश्व पर्यटन दिवसको नारा ‘पर्यटनको पुनःपरिकल्पनाका लागि डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ रहेको छ ।
सन् १९८० देखि संयुक्त राष्ट्र विश्व पर्यटन सङ्गठन (डब्लुटीओ) सेप्टेम्बर २७ लाई विश्व पर्यटन दिवसका रूपमा मनाउँदै आएको छ ।
