पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा रिहा

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छाडेको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जबरालाई रिहा गरिएको पुष्टि गरे।

उनका अनुसार जबरालाई सुरक्षित स्थानतर्फ पठाइसकिएको छ ।

यसअघि अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई गत राति महाराजगन्जस्थित निवासबाटै नियन्त्रणमा लिएको थियो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर पक्राउ