यो साताको चौथो कारोबार दिन आज बिहिबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ।
आज नेप्से परिसूचक ०.२६ अंकले बढेर २५९९.१५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा पुगेको थियो।
आज कारोबार रकम पनि बढेको छ। ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ७६ करोड ४४ लाख ९१ हजार रुपैयाँ पुगेको भएको थियो।
क वर्गका कम्पनी सेन्सेटिभ इण्डेक्स ०.१४ अंक, फ्लोट इण्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१२ अंकले बढेको छ। आज सिन्धु विकास बैंकको शेयर यर मूल्य १०.३७ प्रतिशतले बढेको छ।
कुल ३५३ स्टकको ५१ हजार ७ सय ४५ पटकको कारोबारमा १ करोड २० लाख ६५ हजार ५५५ कित्ता शेयर यर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
